Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा र अमेरिकाको ह्यारिसनभिलका मेयरबीच भेटवार्ता, यस्ता भए छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, २ गते


काठमाडौं, मङ्सिर २- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की र संयुक्त राज्य अमेरिकाको ह्यारिसनभिलका मेयर माइक जारिङ्गबीच भेटवार्ता भएको छ ।

अमेरिकाको भ्रमणमा रहेका मेयर कार्की र जारिङ्गबीच शुक्रबार उनकै कार्यकक्षमा भेटवार्ता भएको हो । ह्यारिसनभिलका मेयर माइक जारिङ्गकै निमन्त्रणामा मेयर कार्की अमेरिका गएका हुन् ।

भेटमा आफूहरुका अनुभव साटासाट भएको मेयर कार्कीले बताए । ‘उहाँसँग प्रतक्ष्य भेट भयो । कतिपय समस्या मिल्दाजुल्दा छन् त्यसको समाधान कसरी भैरहेको छ भन्नेमा हाम्रो धेरै कुराकानी भयो । दुवै नगर विविधता भएका हुन्, समस्या समाधानमा एकले अर्कोलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा हाम्रो भेट केन्द्रित भयो । मेयर कार्कीले हाम्रोसंचारसँग भने, ठुलो शहर र ह्यारिसनभिलले कसरी काम गरिरहेको छ भन्नेमा चासो रह्यो । अझ संयुक्त राज्य अमेरिकाको कन्सास शहरस्थित अत्यन्त व्यबस्थित, सुन्दर र शान्त नगर ह्यारिसनभिल नगरको अध्ययन तथा अबलोकन भ्रमणका क्रममा आफुलाई धेरै कुरा सिक्ने अवसर मिल्यो ।’

ऐतिहासिक शहरको प्रमुख पर्यटकिय केन्द्र ह्यारिसनभिल स्क्वायरको अबलोकन, कन्सास शहर क्षेत्र विकास परिषदमा अन्तर्राष्ट्रिय व्यापार कार्य योजना सम्बन्धि प्रस्तुति, शारिरिक रूपले फरक क्षमता भएका मानिसहरूलाई रोजगारी प्रदान गर्ने, रिसाइकल र पुन: प्रयोग गर्न सकिने फोहोरको उचित ब्यबस्थापन गर्न त्यहा सञ्चालित गैह्र नाफामुलक संस्था क्यापिटल कृषि सेवा र आपूर्ति कम्पनी, ह्यारिसनभिल सामुदायिक केन्द्र, पार्क लगायतको अध्ययन भ्रमण उत्साहबर्धक तथा ज्ञानबर्धक रहेको मेयर कार्कीको भनाइ छ ।

भेटका क्रममा मेयर कार्कीले मेयर माईक जारिङ्ग र नगरपालिकाको टोलिलाई उपर्युक्त समय मिलाएर नेपाल भ्रमण गर्न निम्ता दिएका छन् ।

मेयर कार्कीले अन्य उच्च पदस्थ व्यक्तिसँग पनि भेटघाट गरेका छन् ।


प्रतिकृया दिनुहोस्