Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोट भूकम्पको पाचौं दिन बित्दा पनि पीडितले पाएनन् राहत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २२ गते


रुकुम (पश्चिम) कात्तिक २२- भूकम्पको पाचौं दिन पुग्दा पनि रुकुम त्रिवेणीका भूकम्प पीडितले राहत पाएका छैनन् । जाजरकोटलाई केन्द्र विन्दु बनाई गएको भुकम्पबाट प्रभावित पीडितले अझैसम्म पनि पीडितहरुले राहत पाउन सकेका छैनन् । भूकम्पले गाउँपालिकामा मानवीय क्षति नभएपनि सयौं घरहरुमा क्षति पुगेको छ ।

गाउँपालिका अनुसार त्रिवेणीमामात्र १ हजार ९ सय ३५ घरहरु पूर्णरुपमा क्षति भएका छन् भने १ हजार २ सय ५८ घरहरुमा आंशिक क्षति भएका छन् । पीडितहरुले राहत स्वरुप त्रिपाल पनि नपाउदा खुला आकाशमुनि रात विताइरहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले राहत अभावमा त्रिपाल र खाद्यान्न वितरण गर्न नसकिएको बताए । उनले पालिका र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म ३७२ त्रिपालमात्र वितरण गर्न सकिएको बताए ।

‘त्रिपाल पनि नपाएर धेरैजसो पीडितहरु बाहिरै रात कटाइ रहेका छन्,’ उनले भने, ‘राहत सहयोगहरु नआउँदा पालिकासँग पीडितहरुलाई दिने सक्ने त्रिपाल पनि छैन ।’ उनले विभिन्न संघसंस्थाहरुलाई राहतका लागि आग्रह गरे पनि नपाएको बताए । उनले अझै १५ सय त्रिपाल र खाद्य सामग्रीहरु आवश्यक बताए ।

जिल्लामा विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ । विपद् व्यवस्थापनले राहत सामग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्