Skip

Hamro Sanchar

भूकम्प प्रभावित क्षेत्रका सरकारी कर्मचारी बिदामा बस्न नपाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १८ गते


काठमाडौं, कात्तिक १८- भूकम्प प्रभावित जिल्लामा कार्यरत सरकारी कर्मचारीले तत्काल बिदा नपाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कर्मचारी विदामा भएका भए यथाशिघ्र काममा फर्किन निर्देशन दिएको छ ।

भूकम्पले जनधनको क्षति भएकाले मृतक तथा घाइतेहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत उद्धार तथा स्वास्थ्य उपचारसहित अन्य सबै पक्षकहरूको व्यवस्थापनमा खटिनु पर्ने भएकाले तत्काल विदामा नबस्न पनि आग्रह गरेको हो ।


प्रतिकृया दिनुहोस्