
काठमाडौं, कात्तिक २- काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका-६ स्थित स्मृति लामिछानेको शिव सिद्धी इन्टरप्राइजेजका एक युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङ छन् ।
मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।