
काठमाडौं, असोज २३- मध्यपश्चिम सेवा समाज कुवेतले बाबु गुमाएकी एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले सोमबार एक कार्यक्रमको आयोजना गरि मृतक नन्द बहादुर गुरुङको छोरी सरिता गुरुङलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको समाजका अध्यक्ष गणेश रावतले जानकारी दिए ।
समाजले दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमस शर्माको प्रमुख आथित्यमा सोहि नारायण नगरपालिका ५ घर भएकी सरितालाई उक्त रकम प्रदान गरिएको हो । एच.ए.कि छात्रा सरिताको पठनपाठनमा सहज होस् भन्ने हेतुले उक्त रकम प्रदान गरिएको समाजका अध्यक्ष रावतले बताए।