Skip

Hamro Sanchar

दोलखामा बरामद भएको सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १६ गते


दोलखा, असोज १६- दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ ।

यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो । यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखासँग ब्युरोले पनि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए ।


प्रतिकृया दिनुहोस्