Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्रष्टा निरन्जन पन्तको निक्षिप्त रक्तबीज उपन्यास कृति विमर्श कार्यक्रम सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ८ गते


काठमाडौं, असाेज ८- काव्य घर नेपालको आयोजनामा साहित्यकार निरन्जन पन्तको निक्षिप्त रक्तबीज कृतिको विमर्श कार्यक्रम संचार केन्द्र नेपालको सभाहलमा सम्पन्न भएको छ ।
हिजो मिति २०८०–०६–७ गतेका दिन पन्तको चालीसको दशकमा प्रकाशित कृति निक्षिप्त रक्तबीज उपन्यासको विमर्श कार्यक्रम सम्पन्न गरिएको हो ।

तीन चरणमा संचालन गरिएको कार्यक्रमको पहिलो चरणमा आख्यानकार जलेश्वरी श्रेष्ठ ,साहित्यकार रामप्रसाद पन्त ,युवराज मैनाली ,पुर्व शिक्षा मन्त्री देवीप्रसाद ओझाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन संयुक्त रुपमा ब्यानर पढेर गरिएको थियो ।

कार्यक्रममा निक्षिप्त रक्तबीज कृतिको समालोचकीय दृष्टिकोण प्राध्यापक डा अशोक थापा र ठाकुर शर्मा भण्डारीले गरेका थिए । ।कृतिको समालोचकीय धारणा राख्दै समिक्षक द्वयले चालीसको दशमा प्रकाशित कृतिले यतिबेला आएर परिचर्चा पाउनुले स्रष्टा प्रतिको सम्मान भएको बताए । साथै यो एउटा सामाजिक उपन्यासको कृति भएको समिक्षक द्वयको भनाई थियो । ।यो कृति एउटा सबल कृति रहेकाले यो कृतिका बिषयबस्तु र पात्रहरुले आज पनि उतिकै महत्त्व राखेको उनीहरुको तर्क थियो ।

दोस्रो चरणको कार्यक्रममा साहित्यकारहरु युवराज मैनाली रामप्रसाद पन्त जलेस्वरी श्रेष्ठले कृतिकार र कृतित्वको प्रशंसा गर्दै युगसम्म यो कृतिले स्थान पाइरहने र कृतिकारको भविष्य सधै जुन झै झलमल्ल रहिरहने भनाई राखे ।

तेस्रो चरणको कार्यक्रममा काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको जन्मोत्सव पनि सोही दिन परेको हुनाले उक्त अवसरमा आमन्त्रित अतिथिहरुबाट बधाई शुभकामना समेत प्रदान गरिएको थियो ।

लेखक निरन्जन पन्तले कृतिमा उठेका सवालको समेत जवाफ राख्दै कृति जन्मिनुमा जीवन सङिनीको भुमिकाको समेत उच्च मुल्यांकन गर्दै निरन्तर कृतित्वको कार्यमा लागिरहेको बताए ।

कार्यक्रममा इन्दु पन्तले लेखको परिचय गराएकी थिइन् भने साहित्यकार शर्मा ललिता ,रत्ना त्रिपाठी ,गौरीशंकर गौतम ,इन्दिरा ढकाल ,महेश प्रेमी उदास ,ईश्वरीप्रसाद भट्टराई ,शान्ति सुवेदी ,तारा भण्डारी ,उत्तमराज त्रिपाठी, सुनिता वि क रोशन खड्का ,साकोस अध्यक्ष सरस्वती गौतम लगायत विभिन्न स्रस्टाहरुको उपस्थितिमा थियो ।

काव्य घर नेपालको महासचिव रेणुका भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गरेका थिए ।

 


प्रतिकृया दिनुहोस्