
काठमाडौं, असोज ३- काठमाडौंको पूर्वीभेग अवस्थित मूलपानीबाट बालक हराएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६, मूलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा हराएका हुन् । मनिम असोज १ गते तीजको दिन दिउँसो प्लानिङबाट हराएको उनको बुबा सन्दीप लामाले जनाएका छन् ।
सन्दीपले छोरा हराए लगत्तै मूलपानीको विभिन्न ठाउँमा खोजी गर्नुको साथै यसबारे प्रहरीमा समेत जानकारी गराएको तर अहिलेसम्म फेला नपरेको बताएका छन् ।
सन्दीपले आफ्नो छोरा कसैले देखे, भेटे ९८६९०६९८० नम्बरमा वा प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन् ।