Hamro Sanchar

रुखमा चढेको समयमा झापाका एक व्यक्तिको कसरी भयो रुखमै मृत्यु ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ३ गते


बिर्तामोड, असोज ३-  झापाको शिवसताक्षी नगरपालिकामा घाँस काट्न रुखमाथि चढेको समयमा एक व्यक्तिलाई हृदयघात हुदा उनको रुखमै मृत्यु भएको छ । उनलाई रुखको कापमा अड्किएको अवस्थामा परिवारले फेला परेका थिए ।

शिवसताक्षी ८ का ७५ वर्षीय सन्तबहादुर तामाङको रुखमाथि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत आइतबार बिहान बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका उनी घाँस काट्दै गर्दा रुखमै हृदयघात हुँदा हाँगामा अड्किन पुगेका थिए ।

करिब ४० फिट अग्लो खरीको रुखको हाँगामा बेहोश भएर अड्किएका उनलाई तत्काल परिवारले देखेर इलाका प्रहरी कार्यालय झिलभिलेमा खबर गरेका थिए । रुखमुनि बसेर श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए । तामाङ उच्च रक्तचापको बिरामी भएको बुझिएको छ । झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो । तर, तामाङको रुखमै मृत्यु भइसकेको थियो ।


प्रतिकृया दिनुहोस्