आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रकाश सपुतको गीत ‘जाले रुमाल फाट्यो’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २४ गते


Advertisement

काठमाडौं, भदौ २४- गायक प्रकाश सपुतको शब्द र संगीतमा ‘जाले रुमाल फाट्यो’ बोलको तीज गीत सार्वजनिक गरिएको छ ।

गीत २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ । अपलोड भएको १७ घण्टामै एक नम्बरमा आएको गीत करिब ८ लाखले हेरिसकेका छन् । यो गीत प्रकाशकै यसअघिको गीत ‘कुरा बुझ्न पर्च’ को दोस्रो भाग हो । गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने सुदीप सागरले संगीत संयोजन गरेका छन् ।

सपुतकै कथा, निर्देशन र प्रस्तुति रहेको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी, रोमा बिष्ट, बद्री पुडासैनी, पुष्प अवस्थी, नवराज उप्रेती, अञ्जली खड्का र स्वयं सपुतको अभिनय छ ।

भिडियोमा महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश दिन खोजिएको छ ।


प्रतिकृया दिनुहोस्