काठमाडौं, साउन ३१- ८० बर्षिय रत्न कुमारी सुनुवारले कक्षा १२ पास गरेकि छन् । उनले २.६४ जीपीएका साथ उनले कक्षा पास गरेकी हुन् । काठमाडौंको शान्तिनगरमा रहेको बानेश्वोर बहुमुखी क्याम्पसमा अध्ययरत सुनुवारले २०८० बैशाख २६ गते देखि संचालन खाएको कक्षा १२ को परिक्षामा भाग लिएकी थिईन ।
राष्ट्रिय परिक्षा वोर्डले २०८० बैशाखमा लिएको कक्षा १२ को परिक्षामा भाग लिने सबै भन्दा बढी उमेरकि परीक्षार्थी नै रत्न कुमारी सुनुवार थिईन । उमेरले ८० पुगेकी रत्न कुमारी सुनुवार नियमित रुपमा पढ्न आउने गरेको बानेश्वोर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रोफेसर डाक्टर घमानसिङ्ग खड्काले हाम्रोसंचार लाई बताए ।
कक्षा १२ पासा गर्न सफल भएपछी सुनुवारले खिसी व्यक्त गरेकी छन् । कक्षा ११ र १२ को अध्ययन उनले बानेश्वोर बहुमुखी क्याम्पस बाट सकेकी छन् । उनले यस पछिको अध्ययनको यात्रा पनि अगाडी बढाउने बताएकी छन् । उमेर र स्वास्थ्यले साथ दिदासम्म पढाईको यात्रा निरन्तर अगाडी बढाईरहने उनको भनाई छ।
रामेछाप ‘चरिकोट अड्डा’ मा २००१ साल मंसिर ०१ गते जन्मेकी रत्नकुमारीका चार छोराछोरी र सात नातिनातिना छन् । उनले चार वर्ष अगाडी कोरोना महामारीको समयमा एसईईको परिक्षा दिएकी थिईन ।