Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिका एन प्याब्सनको अध्यक्षमा न्यौपाने चयन

प्रदिप नेपाली प्रकाशित : २०८० साउन, २८ गते


Advertisement

काठमाडौं, साउन २८- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपाल, कागेश्वरी मनोहरा नगरपालिकाको अध्यक्षमा रन्जन न्यौपाने सर्बसम्मत चयन छन् । शुक्रबार र शनिबार नगरकोटको एक रिसोर्टमा भएको तेश्रो अधिवेशनले अध्यक्षमा न्यौपानेसहितको नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा सन्त बहादुर खडका, सचिवमा राजिब सेडाई, सहसचिवमा दिनेश घिमिरे, कोषाध्यक्षमा भवानी केसी, सहकोषाध्यक्ष, दिनेश नेपाल र सदस्यहरुमा प्रेम भण्डारी, दिनेश शर्मा, श्याम लिम्बु चयन भएका छन् ।

नगर एन प्याब्सनका निवर्तमान अध्यक्ष अमृत खड्काको अध्यक्षता र एन प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।


प्रतिकृया दिनुहोस्