एजेन्सी, साउन १२- फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार इंगल्याण्डले डेनमार्कलाई पराजित गरेको छ ।
एलिनाज स्टेडियम सिड्नीमा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा इंगल्याण्ड १–० गोलले विजयी भएको हो । इंगल्याण्डको जितमा खेलको छैटौं मिनेटमै लाउरेन जेम्सले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै इंगल्याण्ड ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
३ अंकसहित डेनमार्क तालिकाको दोस्रो स्थानमा छ । अब इंगल्याण्डले समूह चरणको अन्तिम खेलमा चीनसँग प्रतिस्पर्धा गर्नेछ भने डेनमार्कले हाइटीसँग खेल्नेछ। समूह चरणको पहिलो खेल हारेका चीन र हाइटी क्रमशस् तेस्रो र चौथो स्थानमा रहेका छन् ।