Skip

Hamro Sanchar

सभापति देउवाले अस्वीकार गरेपछि रूपान्तरण अभियानले बुझायो पार्टी कार्यालयमा सुझाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २ गते


काठमाडौं, साउन २- नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा सुझाव बुझाएको छ । प्रतिवेदन बुझ्न पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि सातै प्रदेश र विदेशस्थित जनसम्पर्क समितिहरूसँगको छलफल पछि प्राप्त सुझावहरूलाई सूचीबद्ध गरी पार्टी कार्यालयमा बुझाएको हो ।

विभिन्न राजनीतिक घटनाक्रम र अवस्थाले पार्टीका नेता तथा कार्यकर्तालाई चिन्तित बनाएको भन्दै अभियानले सातवटा बुँदाहरू उल्लेख गरेको छ । अभियानले निर्वाचनमा गठबन्धनलाई अस्वाभाविक भन्दै सरकार निर्माणका क्रममा भएको राजनीतिक दुर्घटनाले कार्यकर्तालाई चिन्तित बनाएको दाबी गरेको छ ।

त्यसैगरी, भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरूको संलग्नता, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्थामा देखिएको आन्तरिक अव्यवस्थालगायतका विषयलाई पनि अभियानले सुझावमा समेटेको छ ।


प्रतिकृया दिनुहोस्