
काठमाडौँ, असार २४- काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार जरिवाना गरिएको हो ।



















