Hamro Sanchar

नगरसभा सम्पन्न गरेको भोलिपल्ट शंखरापुर नगरपालिकाले दियो सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ८ गते


काठमाडौं, असार ८- काठमाडौंको शंखरापुर नगरपालिकाले नगरसभा सम्पन्न भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नवौं नगरसभा सम्पन्न गरेको उपलक्ष्यमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघसंस्थाहरुमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना जारी गरेको छ ।

नगरपालिकाको सभा बिहिबार सम्पन्न भएको थियो ।

यता नगरसभा सम्पन्न हुँदा सार्वजनिक बिदा दिएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । जनतालाई अत्यावश्यक पर्ने सबै स्वास्थ संस्था समेत बन्द गरेर नगरपालिका जनताप्रती कति उत्तरदायी छ भन्ने पुष्टि भएको भन्दै आलोचना गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्