काठमाडौं, जेठ ९- मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित 7A Side मदन- आश्रीत फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । गत ३ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतियोगितको उद्घाटन गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल पिपुल्स भोलियन्टरको आयोजनामा काठमाडौंको मनमैजुस्थित G4 7A Side फुटबल ग्राउण्डमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ५८ टिम सहभागी युवा संघ नेपाल सचिवालय सदस्य तथा सहकारी बिभाग सचिव बलराम उप्रेतीले हाम्रोसंचारलाई जानकारी दिए ।
खेलमा देशभरिबाट करिब एक हजार एक सय खेलाडीको सहभागीता रहेको छ ।
प्रतियोगितामा फुट्सल फाइभ (Futsal five) प्रथम भएको थियो भने, रोयल एफसी(Royal FC)द्वित्तिय र कुरदन फा (Kurdan FA) टीम तृत्तिय हुन सफल भएको छ ।
५८ टिम सहभागि फुटबलको उद्घाटन समारोहमा सोमबार दुई मैत्रीपूर्ण खेल भए । युवा संघ बाग्मती प्रदेश र नेपाल भोटे युवा संघ टिम बिचको खेलमा कविन्द्र गुरुङ म्यान अफ दि म्याच भए । त्यस्तै, दोश्रो खेल युवासंघ नेपाल पाँचखाल र योङ एण्ड वाईज् टिमबीचको खेलमा जिम लिम्बु मेन अफ द म्याच बन्न सफल भए ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद तीन लाख रुपैंयासहित प्रमाणपत्र, दोश्रो हुनेले २ लाख नगद र तेश्रो हुनेले एक लाख नगद पुरस्कार पाएका छन् ।
पिपुल्स भोलुन्टियर प्रमुख शिव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नेपाल, अतिथीहरु दिलु पन्त, होम बुढाथोकी, हस्त शाही, चुनु केसी खड्का, एल पि श्रेष्ठ, रमेश बाबु श्रेष्ठ, नितेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितको उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टी खेलकुद क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको बताए । खुलकुदको मार्फत खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राख्ने गरेकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने नेपालको भनाई थियो । खेलाडिको वृद्धि विकास र जीविको पार्जनको लागि आफुले सरकारसंग पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एसका उपाध्यक्ष प्रमेश हमालले पछिल्लो समय युवा शक्तिमाझ खेदकुद प्रति आकर्षण बढ्दै गइरहेको भन्दै युवा शक्तिको सदुपयोग गर्नुपर्ने बताए । त्यस्तै, केन्द्रीय सदस्य तथा युवा फाँट इन्चार्ज दिलु पन्त, युवासंघ नेपाल केन्द्रीय उपाध्यक्ष नितेश पौडेललगायतले खेलकुद र खेलाडीमा राज्यले पर्याप्त लगानी गर्न नसकेको भन्दै आगामि दिनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।