Hamro Sanchar

म जस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ९ गते


काठमाडौं, जेठ ९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन् । मंगलबार राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ । यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन, नेपालको इतिहासमा मौलिक भेटिएको छ । ९९. २५ प्रतिशतले समर्थन गरेको, प्रतिनिधि सभाको शत प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री भेटिदैन,’ उनले भने ।

उनले नीति कार्यक्रम साझा र सामुहिक रूपले निर्माण गरेकाले विरोधको नैतिक धरातल नरहेको बताए ।

‘हामीले साझा नीति कार्यक्रम सामुहिक रूपले निर्माण गर्‍यौं र त्यसैको जगमा यो सरकारको नीति कार्यक्रम बनेको हुनाले एक्स्ट्रिममा गएर यसको विरोध पनि सैद्धान्तिक नैतिक धरातल मचाहिँ देख्दिनँ,’ उनले भने ।

उनले अति नै समर्थन गर्नु पनि नपर्ने बताए । ‘यो बढो सोचविचार गरिएको, सबैको बुद्धि विवेक प्रयोग भएको कार्यक्रम हो,’ उनले भने ।


प्रतिकृया दिनुहोस्