
काठमाडौं, जेठ ३- नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ । टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि आन्दोलनको घोषणा गरेको हो ।
नाउपाले यसबारे औपचारिक जानकारी केहीबेरमा प्रेसविज्ञप्ती मार्फत दिँदै छ ।
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गर्दै छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए ।
पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त नाउपाको छ । त्यसको लागि नाउपाकै पहलमा कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरिएको थियो । तर मंगलबार सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरेपछि त्यो बाटो पनि बन्द भएको छ । त्यस पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन् । उनी रेशमकी पत्नी हुन् । उनी रेशमको मुद्दा फिर्ता हुनपर्ने सर्तमा सरकारमा गएकी हुन् ।