Hamro Sanchar

वर्षाले फेरि रोकियो नेपाल र कुवेतबीचको खेल, करण केसीले लिए ५ विकेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १६ गते


Advertisement

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।

खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।

यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३।२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।


प्रतिकृया दिनुहोस्