Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १२ गते


पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्। वैशाख १४ गते अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि दलहरूले जानकारी गराइसक्नुपर्ने हुन्छ।

संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्। गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएका थिए।

अब गठबन्धनबाट सरकार बन्ने सम्भावना छ। मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन्। कांग्रेस संसदीय दल नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुने सम्भावना छ।


प्रतिकृया दिनुहोस्