Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उप-निर्वाचन : १० बजेसम्म चितवनमा १७, बारा १५ र तनहुँमा १३ प्रतिशत मतदान (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १० गते


काठमाडौं । उप–निर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमा बिहान १० बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार तीनै क्षेत्रमा १० प्रतिशतभन्दा धेरै मतदान भएको छ। हालसम्म कुनै पनि विवाद नभइ मतदान भइरहेको निर्वाचन कार्यालयहरुले जनाएको छ।

उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ। चितवन २ मा १७ प्रतिशत मतदान सम्पन्न भएको छ भने मतदाता उत्साही हुँदै मतदानका लागि लाइन लागेका छन्।

चितवन–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीवाट रवि लामिछाने र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन्। चिवतनपछि बारा–२ मा धेरै प्रतिशत मत खसेको छ। बारा २ मा १० बजेसम्म १५ प्रतिशत मतदान भएको छ। त्यस्तै तनहुँमा १३.६ प्रतिशत मतदान सम्पन्न भएको छ।

बारामा सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्रप्रसाद कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्। निर्वाचन शान्तिपूर्ण तरिकाले चलिरहेको मुख्य निर्वाचन कार्यालयहरुले जनाएका छन्।


प्रतिकृया दिनुहोस्