Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित एक युवक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २६ गते


सर्लाही । सर्लाही प्रहरीले झण्डै पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित युवकलाई पक्राउ गरेको छ। बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरबाट सर्लाहीको बलरा नगरपालिका- ५ अर्नाहा निवासी ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले रायलाई पक्राउ गरेको जिप्रका सर्लाहीका डीएसपी कैलाश राईले जानकारी दिए। रायको साथबाट हजार दरका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट, नोट आकारको कागजको बन्डल २४ थान र प्रिन्ट पेपर दुई रिम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले राय सवार बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल र सोही ठाउँमा रोकिराखेको बीआर ३० ए ५९६८ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।


प्रतिकृया दिनुहोस्