
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए ।
उनले लेखेका छन् आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।