Hamro Sanchar

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए पद तथा गोपनियताको शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २९ गते


काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन् ।

गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई पनि गरिएको छ ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्