Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मतदान गर्दै ओलीले भने : नयाँ राष्ट्रपति संविधान अनुसार चल्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २५ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित हुने नयाँ राष्ट्रपति संविधानसम्मत ढंगले चल्नेमा अपेक्षा राखेका छन्। राष्ट्रपति निर्वाचनमा मतदान गर्न बिहीबार बानेश्वरस्थित मतदान केन्द्र पुगेका ओलीले संचारकर्मीसँग उक्त प्रतिक्रिया दिएका हुन्।

‘देशको हितको रक्षा, सार्वभौमसत्ता र स्वाधिनताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र सो पक्षमा उभिनेलाई आफ्नो संक्रिण स्वार्थ प्रेरित व्याख्या होइन त्यसलाई लोकतान्त्रिक तवरबाट व्याख्या गर्ने र देशप्रति बफादार भएर संविधानको पालक भएर चल्नु पर्छ,’ ओलीले भने।

अध्यक्ष ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शतप्रतिशत सफल राष्ट्रपति रहेको दाबी गरे।


प्रतिकृया दिनुहोस्