काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन खोजेको बताएका छन् । शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।
‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् । बालेनले यस विषयमा थप खुलाएका छैनन् ।