हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १३ गते
काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच...
काठमाडौं । निर्वाचन आयोगले रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि १० बजेसम्ममा उमेदवारको सूची प्रकाशन हुनेछ । सूचीमा रहेका उमेदवारको विरोधमा...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भएको भेटवार्ता सकिएको छ। उनीहरूबीच आज अपराह्न करिब डेढ घन्टा कुराकानी भएको थियो। भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिएकी छन्। उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए। जबाफमा उनले...