Hamro Sanchar

१ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेलाई सर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २६ गते


Advertisement

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टापछिका लागि सारिएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए।

सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ साँसद विश्वासको मत नदिने अडान लिएर संघीय राजधानी काठमाडौँमा छन्। उनीहरुको समर्थन विना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो।


प्रतिकृया दिनुहोस्