Hamro Sanchar

गृह नपाएर असन्तुष्ट रास्वपा सरकारबाट बाहिरिने

सरकारलाई दिएको समर्थन भने कायम राख्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ ।

यस्तै सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो ।


प्रतिकृया दिनुहोस्