Skip

Hamro Sanchar

आज प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १४ गते


काठमाडौं । आज देशका थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ । बाँकी भू(भागमा भने सफा रहनेछ ।

आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । आइतबार दिउँसो भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्