Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बलात्कारका आरोप लागेपछि फरार रहेका वडाध्यक्ष पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १८ गते


सिमरा । नाबालिग किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका निजगढ नगरपालिका(२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन्।

किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको छ।

वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठको खोजी गरिरहेको थियो।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले आँफै सम्पर्कमा आएका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएका छन्। श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।


प्रतिकृया दिनुहोस्