Skip

Hamro Sanchar

उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ३ वटा मिसाइल प्रहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १६ गते


काठमाडौं । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल छोटो दूरीका हुन् । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८:०० बजे, दोस्रो ८ :१४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ ।

तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ । मन्त्रालय र समाचार संस्थाका अनुसार यी मिसाइलहरू जापानको समुद्री क्षेत्र तर विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेका छन् ।


प्रतिकृया दिनुहोस्