Skip

Hamro Sanchar

युक्रेनका राष्ट्रपति जेलेनेस्की अमेरिकामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनेस्की अमेरिकाको भ्रमणमा निस्किएका छन् । रूसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि उनी पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन् । जेलेनेस्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम रहेको बिबिसीले जनाएको छ ।

जेलेनेस्कीले अमेरिकी संसदलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । अमेरिकाको भ्रमणमा युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने विषयमा छलफल हुनेछ,ु जेलेनेस्कीले ट्वीटरमा लेखेका छन् । रूसविरूद्ध लड्नका निम्ति युक्रेनलाई अमेरिकाले सबैभन्दा बढी सहयोग गर्दै आएको छ ।

अमेरिकाले युक्रेनलाई गत १६ डिसेम्बरसम्म १८ अर्ब ५० करोड डलर सहयोग गरेको छ । रक्षा क्षेत्रमा प्रतिमहिना ५ अर्ब डलर खर्च भइरहेकाले अझै सहयोग गर्न जेलेनेस्कीले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै आएका छन् ।

रूस युक्रेन युद्धमा दुबै पक्षका १(१ लाख सैनिक ४० हजार नागरिकको मृत्यु भएको तथ्यांक छ । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार ७० लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।


प्रतिकृया दिनुहोस्