हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् । देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेतृ तथा उद्यमी कुन्ती पोखरेलले सहकारी भनेको आर्थिक कारोबार गर्ने संस्था मात्र नभई आपसी भरोसाको जग, एकअर्कालाई उकास्ने ऊर्जा र समाजलाई जोड्ने बलियो सेतु भएको बताएकी छन् । शनिबार सर्वप्रीय पञ्चकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।...
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको हो । काठमाडौं विमानस्थल स्रोतका अनुसार अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।...