
काठमाडौं, कात्तिक १८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्रका सडकमा रहेका विद्युतीय पोल र तारहरुको ब्यबस्थापन हुने भएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा विद्युत प्राधिकरण र नगरपालिकाबीचको छलफल पश्चात नगरपालिकाभित्रका सडकमा रहेका विद्युतीय पोल र तारहरुको ब्यबस्थापन गर्ने निर्णय भएको हो ।
सडकमा रहेका विद्युतीय पोल र तारहरुको ब्यबस्थापनका लागि नगर स्तरिय संयन्त्र बनाएर समस्या समाधान गरिने नगरप्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचारलाई जानकारी दिए ।
अब नगर स्तरिय संयन्त्र बनाएर छिट्टै सडकमा असरल्ल र अव्यवस्थितरुमा बाँधिएका तारहरु र सडकका बिचमा गाडिएका पोलहरु हटाउने नगरप्रमुख कार्कीको भनाइ छ ।
नगरपालिकाभित्रका सडकका पोलमा तारहरु टांगिएका छन् । पोलमा अरसल्ल परेकामध्ये ६० देखि ७० प्रतिशत तार काम नलाग्ने र प्रयोग विहीन अवस्थामा रहेका स्थानीयहरु बताउछन् ।
केबल टिभी, इन्टरनेट सेवाप्रदायक, दुरसंचार सेवा प्रदायक लगायतको तार तथा केबलहरु अव्यवस्थित रुपमा झुण्डिरहेको कारण सहरको सौन्दर्य विगार्नुका साथै आगलागी तथा सडक दुर्घटना समेत हुन सक्ने संभावना बढ्दै गएको छ ।