
काठमाडौं, असोज २- धर्म ओभरसिज प्रा.लि. बसुन्धरा काठमाडौँबाट कुवेतकाे ग्लोबल टाइम्स कम्पनीमा आएका श्रमिकको समस्या दिनदिनै बढिरहेको छ । त्यहाँ पुगेका २० जनामध्ये १० जना नेपाली श्रमिकलाई मालिकले लैराे लगाएर बाहिर निकालिदिएपछि उनीहरु थप समस्यामा परेका छन् ।
पिडितहरु ६ घण्टा सडकमा बस्न बाध्य भएका थिए । दोस्रो पटक कम्पनीबाट कामदारहरुलाई बाहिर निकाल्दा पनि कुवेतस्थित नेपाली राजदूताबास भने माैन बसेकाे छ । नेपाली श्रमिकको हकहितको लागि नेपाली दूतावासको छ भने श्रमिक सडकमा पुग्दा नेपाली दुतावासबाट कुनै पनि कर्मचारी त्यहाँ किन गएनन् ? नेपाली दूतावास कुवेत के काे लागि ? भन्ने प्रश्न उठिरहेको छ ।
कम्पनीको मालिकले कामदारहरुलाई काेठाबाट बाहिर निकालीदिएको पिडितहरुले हाम्रोसंचारलाई बताए । उनीहरुकाअनुसार ६ घण्टापछि मात्र एजेन्ट पुष्कर धामी त्यहाँ पुगेका थिए ।
सृजनशिल युवा समाज नेपाल कुवेतकाे अध्यक्षसमेत रहेका एजेन्ट पुष्कर धामीले नेपालबाट कामदार ल्याएर बिजोक पारेका हुन् । कुवेतमा हुने हरेक कार्यक्रममा ८५ केडिमा कामदार ल्याउने गरेको भन्दै विरोध गर्ने धामी आफैले ८५ केडी नेपालबाट कामदार ल्याएर आफ्नो नाम रोशन गरेका छन् । कुवेतमा समाजसेवी भनेर चिनिने धामीले गरेको यो काम देखेर कुवेतमा रहेका नेपाली समुदाय अचम्ममा परेका छन् ।
यति धेरै समस्या हुँदासमेत दुताबासले न एजेन्टलाई कारबाही गर्न सकेको छ । न त पीडितहरुलाई नेपाल पठाउन नै सकेको छ । श्रम सहचारी चुपचाप बसेका छन् । भने राजदुत स्थलगत भर्मण गर्दैनन् । राजदूतलाई यतिबेला चिया पसल, समाेसा पसलमा रिबन काट्न भ्याइनभ्याइ छ । त्यस्तो ठाउँमा राजदुत जसरी नि पुग्ने गरेका छन् ।
यो पनि पढ्नुहोस्- कुवेतमा १९ नेपाली अलपत्र: पिडित भन्छन्- दलाल र दुतावासकाे मिलाेमताेले दु:ख पाइयाे!


















