
काठमाडौं, भदौ २७- नेपालमा रोजगारी नभएपछि खाडीमुलुकमा रोजगारीको एउटा गन्तव्य बनेको छ भने मझौला कम्पनीमा थोरै तलबमा नेपालबाट कामदार ल्याउने गर्छ।
धर्म ओभरसिज प्रा. लि. बसुन्धरा काठमाडौँबाट कुवेत पुगेका २० जना मध्ये १ जना केटी नेपाल फर्कि सकेकि छिन्। उनि भने जस्तो काम र कम्पनीमा खाना समेत नपाएको हुनाले नेपाल फर्केकी हुन्। उनि नेपाल फर्के पछि मेनपावरमा बुझाएको रकम भने फिर्ता भएको छ।
ग्लोबल टाइम्स कुवेतमा बाँकी १९ जनाकाे समस्या भने जटिल रहेकाे एक युवाले जानकारी दिएका हुन्।
नेपालबाट कुवेत आएका कामदारहरु हरेक ठाउँमा ठगिँदै कुवेत आएका छन्। नेपालबाट कुवेत आएको दुई महिना हुँदा समेत तलब नपाएपछि कामदारले नेपाली दूतावास कुवेतमा बल्ल तल्ल खबर गरे।
कम्पनीले एक महिना १५ दिनको तलब आएकाे जानकारी पाउँदा एक छिन् त खुसी भए। तर त्यो खुशी केही सेकेन्डमै दुःखमा परिणत भयो। किन, कि बेसिक तलब ८५ के डि ८ घन्टाको थियाे। दैनिक रुपमा उनीहरुले १३/१४ घण्टा काम गरेका थिए। उनीहरूको आकलन पनि राम्रै ओभरटाइम आउँछ भन्ने थियो तर त्यो भएन।
कम्पनीले उनीहरूको तलब विभिन्न शीर्षकमा काटदै न्यूनतम तलब भन्दा पनि कम तलब आएपछि बुझ्न मानेनन्। अनि कम्पनीले उनीहरुलाई धम्क्याउन थाल्यो र तलब बुझ्ने भए बुझ् नत्र भने कम्पनीको रूम छोडेर जान भने।
१२ घन्टाकाे थकानपछि १३ जना केटाहरुलाई न हातमा तलब छ । न बस्ने ठाउँ छ, न खाने कुरा । कम्पनीकाे काम ६ बजे सिद्धिएपछि रातकाे ९:४५ बजेसम्म पनि कम्पनीको गेट बाहिर रहन पर्ने बाध्य रहेकाे ति पिडितले गुनासाे गरेका छन्।
१० बजेपछि गैरआवासीय नेपाली संघकाे पहलमा बस्ने व्यवस्था भएकाे उनीहरुले बताए। ६ दिन हुँदासमेत कम्पनी र नेपाली दूतावास कुवेत र नेपाली कामदार बिच समस्याकाे समाधान हुन सकेन।
कामदारहरुलाई बिहान दूतावास कार्यलयमा बोलाइ बेलुकासम्म राखेर फर्काइदिए। ६ दिन हुँदासमेत नेपाली दूतावास तथा कम्पनी मालिकको वादविवाद मात्रै भइरह्यो तर, नेपाली दूतावास कुवेतले कुनै निर्णय लिन भने सकेन। किन भने हाम्रो नेपाली दूतावास यति कमजोर छ कि यो घटनाबाटै प्रष्ट हुन्छ।
१३ जना मध्ये कति जना नेपाल जाने? कतिजना सोही कम्पनीमा काम गर्ने? भन्नेबारे पनि दोधारमा नै छन्। कुवेतमा समाजसेवाकाे नाममा खोलिएका संस्थाका अध्यक्षबाटै यस्तो काम हुन्छ भनी अरुबाट के आशा गर्न सकिन्छ।
कुवेतबाट पुष्कर धामीले ग्लोबल टाइम्स कम्पनीको भिसा निकालेर नेपाल पठाए पछि एजेन्ट र मेनपावर हुँदै अन्तिममा धर्म ओभरसिजमा कामदार पठाउने छनौट भयाे। कुवेत पठाउन कामदारसँग १ लाख ४० हजार देखि २ लाखसम्म लिएको पिडितले भने।
नेपाली दूतावास कुवेतले कम्पनीको बारेमा स्थलगत भ्रमण गरी कुवेतको संघ संस्थाको अध्यक्ष वा मेजर पदमा भएका व्यक्तिले डिमाण्ड लिएर जाँदा आँखा चिम्लेर पास गर्नु यो सरासर गल्ती गरेकाे आराेप छ।
नेपाली दुतावासको गैरजिम्मेवारीको कारणले गर्दा नै यस्तो स्थिति आएको बुझिन्छ। यसमा सबैभन्दा गैरजिम्मेवारी पूर्ण काम श्रमसहचारीबाट नै भएको जानकारहरुकाे बुझाइ छ।
यसलाई अहिले ढाकछोप गर्न खोज्दैछन्। नेपाली दूतावास कुवेत र कामदार कम्पनीबीच भएको एकहप्ताको छलफलपछि पुनः कामदारलाई पुन काममा फर्काउने काम भयो।
एक हप्ताको लामो छलफल पछि नेपाली दूतावास कुवेत, कामदार र कम्पनीबीच भएको सहमति कागजमा मात्रै सिमित भयाे। नेपाली दुताबास कुबेतको श्रम सहचारी यति लाचार भएकी नेपाली कामदारहरूको समस्या पर्दा समेत समस्याको समाधान गर्न सकेनन् र कम्पनीले जे भन्यो तेहि कुरामा हो मा हाे लगाए।
हरेक महिनाकाे १० गते भित्र तलब दिने सहमति भएको थियो अहिलेसम्म कुनै पनि काम गर्ने तलव कामदाले पाएका छैन्। न त कामदारलाई खानेकुरा कै राम्रो व्यवस्था गर्न सकेका छन्।
कुवेतमा नेपाली दूतावास कमजोरी हुनुकाे मुख्य कारण कुवेतमा च्याउसरि खुलेका संघ संस्थाहरु हुन्। किन भने दूतावासमा संघ संस्थाका पदाधिकारीहरु जान्छन्। म अध्यक्ष, उपाध्यक्ष, महासचिव मेरो काम जसरी पनि गर्दिनु पर्यो भनेर दुतावासमा धाउँछन्।
१९ जना कामदारकाे एकदम जटिल समस्या जिउकाे तिउ छदै छ। कुवेतमा अलपत्र परेका नेपालीले आफुहरुलाई नेपाल झिकाइ दिन मिडियामा आग्रह गरेका छन्।
धर्म ओभरसिजकाे भनाई-
धर्म ओभरसिजका सञ्चालक सुमन गुरुङसँग हाम्रा सहकर्मि निगरानी ब्युराे जीवन शर्माले ओभरसिजकाे धारणा लिएका थिए। उक्त टिममा केहि ब्यक्तिहरु अलि जान्ने बुझने र अरबी भाषा पनि आउने भएकाले अन्यले पनि दु:ख पाएकाे आसए जनाए।
सञ्चालक गुरुङले भने, पिडितकाे परिवारसँग संवाद भैरहेकाे छ। यदि, कम्पनीकाे एग्रिमेन्ट अनुरुप काम नभए नेपाल फर्काइने याेजना रहेकाे बताए।
नेपाली दूतावास कुवेतकाे भनाई-
नेपाली दूतावास कुवेत श्रम सहचारी हेम कुमार अधिकारीसँगकाे संवादमा उनले भने- ‘हामिले याे बिषयलाई गम्भिरता पूर्वक लिएका छाैं। नेपाली दूतावास कुवेत र कम्पनीका मालिक बिच कुराकारी भयाे। अब, कामदारलाई सहज वातावरण सृजना हुन्छ। सकभर कामदारलाई कुवेतमै काम ब्यावस्थापन गर्छाैं।’
कम्पनीकाे सम्झैता अनुरुप नभए कामदारलाई दूतावासकाे सहयाेगमा स्वदेश फिर्ता पठाउन पनि सहजिकरण गर्ने उनको भनाइ छ। निगरानी दैनिकबाट।