
काठमाडौं, भदौ १५-पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४ सय ८५ जनाको पीसीआर र १ हजार ४ सय ३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै संक्रमणबाट १ जनाको मृत्यु भएको छ । बुधबार १ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।


















