Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देशको नेतृत्व गर्न पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु : रवि लामिछाने

प्रकाशित : २०७९ साउन, १५ गते


कञ्चनपुर, साउन १५- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने ठोकुवा गरेका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीकोे जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक लामिछानेले मुलुकलाई बेथितिको चंगुलबाट मुक्त गराउने आफ्नो पार्टीको संकल्प रहेको बताए ।

‘म जहाँ रहन्छु, अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु,’ उनले भने, ‘नागरिकका समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु । मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुछु,’ उनले भने । सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने बताए । ‘जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने,’ संयोजक लामिछानेले भने, ‘जनतालाई अब जवाफ होइन समाधान दिन्छौँ ।’

आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाउँदै लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने बताए ।


प्रतिकृया दिनुहोस्