Hamro Sanchar

एकैदिन ६२० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १५ गते


काठमाडौं, साउन १५- पछिल्लो २४ घन्टामा देशभर थप ६२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

दुई हजार ६५१ जनाको पिसिआर र तीन हजार १९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर चार ५६७ जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएको छ ।

२९७ जना संक्रमित निको भएका छन् ।


प्रतिकृया दिनुहोस्