Hamro Sanchar

कुवेतको प्रधानमन्त्रीमा अल-सबाह नियुक्त, को हुन् उनी ?

प्रकाशित : २०७९ साउन, ९ गते


काठमाडौं, साउन ९- कुवेतको नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल–अहमद अल–सबाह नियुक्त भएका छन् ।

कुवेतका अमिरले एक निर्देशिका जारी गर्दै आफ्नै कान्छा छोरा सबाहलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन् ।

कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारी अनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा यस विषयको जानकारी गराउने छ ।

नवनियुक्त प्रधानमन्त्री र उनको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान छ ।

सोही बमोजिम उक्त सभाबाट उनीहरूको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने भएको छ ।

यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मेमा दिएको राजीनामा कुवेतका अमिरले स्वीकृत गरेपछि प्रधानमन्त्री पद रिक्त थियो ।


प्रतिकृया दिनुहोस्