काठमाडौं, साउन ८- काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका १६ वर्षीय शुभमश्री प्रधानको शव भेटिएको छ ।
शनिबार हराएका प्रधानको शव ढुंगाको चेपमा अड्किएको अवस्थामा भेटिएको छ । फोटो खिचाउनको लागि ढुंगामा बस्दा चिप्लिएर खोलामा खसेको प्रहरीले बताएको छ । शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा उनीसहित सात युवाहरू घुम्न गएका थिए ।
खोलामा हराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरेको थियो । प्रधानसहित ७ जना घुम्न शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा गएका थिए ।