झापा, साउन ८- झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । जिल्लाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरु त्यहिँ कार्यरत रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।
हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मृतकमध्ये एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् ।