Hamro Sanchar

असार महिनामा थपिए २ लाख ५० हजार मतदाता, सबैभन्दा बढी कुन जिल्ला ?

प्रकाशित : २०७९ साउन, २ गते


Advertisement

काठमाडौं, साउन २- असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेको थियो । आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरेको हो ।

आयोगका अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट ६२ हजार ८ सय ५, प्रदेश १ बाट ५३ हजार ७ सय ७५ र मधेस प्रदेशबाट ४७ हजार ७ सय ५२ जनाले नामावली दर्ता गराएका छन् । जिल्लाको हिसाबले नामावली दर्ता गराउनेमा सबैभन्दा बढी झापाका १३ हजार ७ सय ४४ छन् । १३ हजार ४ सय ५५ जनाले नामावली दर्ता गराएको मोरङ दोस्रो सबैभन्दा बढी नामावली दर्ता भएको जिल्ला हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


प्रतिकृया दिनुहोस्