सोलुखुम्बु, असार २२- चट्याङ लागेर आमासँगै मामाघर हिँडेका सात बर्षिय बालकको मृत्यु भएको छ । मंगलबार साँझ पानीसँगै परेको चट्याङका कारण थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर आमा ताकमाया तामाङ घाइते भएकी छन् ।
माइतीघर हिंडेकी आमासँगै रहेका बालक पानी परेका कारण घरको पेटीमा ओत लागेर बसिरहेका थिए । सोही समयमा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।