Skip

Hamro Sanchar

चट्याङ लागेर दुई जनाको मृत्यु, ९ घाइते

प्रकाशित : २०७९ असार, २१ गते


काठमाडौं, असार २१- प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङमा परी घाइते भएका ऐरावती गाउँपालिका– ६ का ७ वर्षीय रमन परियार र १२ वर्षीय किरण परियारको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

यस्तै चट्याङमा परी ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार चट्याङ लागेर ऐरावती–६ का ५ जना र ऐरावती–१ मा थप ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य ८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्