Hamro Sanchar

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०७६/१/२ गते

सिन्धुपाल्चोक, बैशाख २- “सामाजिक रुपान्तरण लागि बिकास र समृद्धि, दलित युवाको नेतृत्व बिकास र क्षमता अभिवृद्धि” भन्ने मुल नाराका साथ इन्द्रावती गाउँपालिका-७ सिपापाेखरेमा दलित युवा स्वयंसेवक सन्जालले गरेकाे कार्यक्रम सम्पन्न भएकाे छ।

वडा अध्यक्ष बिर बहादुरले दलित हक, हित र अधिकार सुनिश्चित गर्न आफुले सक्दो सहयोग गर्ने भन्दै नया बर्षकाे सुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा कलाकारकाे बेजाेड प्रस्तुति थियाे ।

दलित नेतृत्व माथी हस्तक्षेप गर्ने र दलितका नाममा हुने खेतिहरुलाई जरै देखि हटाउदै सिन्धुपाल्चोकमा चाडै नै दलित आन्दोलनलाई नयाँ मोड दिइ दलित युवाकाे नेतृत्व बिकास गर्ने दलित युवा स्वयंसेवक संजालका केन्द्रीय संयोजक सुनिल मिजारले बताए ।

कार्यक्रममा सहभागी २२ जना कलाकारहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रमको समापन भने दलित युवा स्वयंसेवक संजाल इन्द्रावती गाउपालिका वडा-७ का अध्यक्ष राजु गहतराजले गरेका थिए ।

प्रतिकृया दिनुहोस्