Hamro Sanchar

नयाँ वर्षमा एनआरएन मलेसियाको चियापान तथा खेलाडी बिदाई कार्यक्रम सम्पन्न

अर्पण मगर "बुद्ध" प्रकाशित : २०७६/१/१ गते

 

मलेसिया /

एनआरएन मलेसिया ले नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै क्वालालम्पुर स्थित  होटेल ग्राण्ड मा एक कार्यक्रम को आयोजना गरी मनाएको छ। एन आर एन मलेसियाको अध्यक्ष खगेन्द्र न्यौपाने को सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न संघ सस्था को प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो ।

बैशाख ६ गते देखि हुने आठौ रास्टिय खेलकुद मा एन आर एन मलेसियाको तर्फबाट सहभागी हुने खेलाडी हरु लाई पनि सोही कार्यक्रममा जितको लागि शुभकामना दिदै उपस्तिथि सबैले बिदाई गरेको छ। कराते तर्फ सहभागी हुने नोर्बु बम्जन तामाङ र अन्तरास्ट्रिय रेफ्री योगेन्द्र कोइराला लाई खादा र टोपी लगाएर बिदाई गरिएको छ।

आगमी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुँदैछन् ।

प्रतिकृया दिनुहोस्