Hamro Sanchar

ब्लडमनि बुझाई साउदी बाट मोरङका भुपाल बस्नेत नेपाल फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२८ गते

मोरङ जिल्ला स्थाई निवासी भुपाल बस्नेत नेपाल पुगेका छन सवारी दुर्घटनामा परि साउदी नागरिकको मृत्यु भए पश्चात अदालत ले उनको रिहाइ को लागि ब्लडमनि तोकेको थियो विभिन्न संघ संस्थाको सहयोगमा ब्लडमनि जोहो भए पश्चात बस्नेत नेपाल फिर्न सफल भएका हुन।

सन् २०१३ मा डिउटीमा पार्क गरि राखेको उनले चलाउने ट्रकमा कार ठोक्किएर कार चालक साउदी नागरिक को मृत्यु भएको थियो। उनको लापरवाही पुर्बक पार्किंग ले सो घटना भएको भन्ने आधार मा उनि माथि मुद्दा चलाइएको थियो। मुद्दा मा अदालत ले बस्नेत ले मृतकको परिवार लाई ब्लडमनि बापत पचहतर हजार तिन सय( ने रू २२ लाख बरोबर) तिर्नु पर्ने फैसला सुनाएको थियो।

नेपालि दुताबास को आह्वानमा  नेपाल स्थित प्रबासी नेपाली समन्वय समितिको समेतको  पहलमा गन्तब्य नेपाल,नेपाली प्रबासी समाज हायल,प्रेम राई उद्दार समिति,सुनसरी मोरंग समाज कतार,बराह समाज सुनसरी,एनआरएनए आरसीसी कसीम,आईसिसि कल्याणकारी कोष लगायत संग संस्थाको सहयोग मा उनको रिहाई को लागि आबस्यक ब्लडमनि जोहो भएको थियो।

उनको रिहाइ र सम्पूर्ण कानुनि प्रक्रिया पुरा भए पश्चात आज उनि पुगेका हुन ।उनको स्वागत को लागि पीएनसीसी का अध्यक्ष कुल प्र कार्की लगायत उनको परिवार सहित पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्